आईतवार, ७ मंसिर, २०८३

काँग्रेस संसदीय दलको बैठक सोमबार बस्दै,, सरकारका गतिविधिबारे छलफल हुने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १६ कार्तिक, २०८३

काँग्रेस संसदीय दलको बैठक सोमबार बस्दै,, सरकारका गतिविधिबारे छलफल हुने

२०८३ कार्तिक १५ काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान ८:३० बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय गतिविधिबारे गहन छलफल हुने जनाइएको छ ।

सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र सञ्चालन प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको भोलिपल्टै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सरकारको भूमिका र भावी रणनीतिबारे सांसदहरूबिच छलफल हुने अपेक्षा गरिएको छ ।

advertisement_1676551537.gif