बिहीबार, २२ आश्विन, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ भाद्र, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८३ भदौ २८ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

advertisement_1676998982.gif