शनिबार, ९ जेष्ठ, २०८३

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ बैशाख, २०८३

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२०८३ बैशाख १४, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ ।

पार्टीभित्र संसदीय दलको नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाउने तयारीका साथ बैठक बिहान ११ बजेका आह्वान गरिएको हो ।

पार्टीका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ का अनुसार बैठकमा सभापति गगन थापाले सहमतिको आधारमा संसदीय दलको नेताका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठक सम्पन्न भएपछि सोही दिन दिउँसो १ बजे पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूसँग थप छलफल हुने कार्यतालिका तय गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सभापतिबाट प्रस्तुत प्रस्ताव अनुसार संसदीय दलको विधानको धारा ५ बमोजिम दल नेताको चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ । यसअघि सहमतिको प्रयासलाई प्राथमिकता दिँदै शुक्रवारका लागि तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

advertisement_1680627706.gif