राष्ट्रिय सन्देश संबाददाता, ५६ मिनेट पहिले
२०८३ जेष्ठ ०९ ,काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक दोस्रो दिन आज (शनिबार) पनि बसिरहेको छ । बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसिरहेको हो ।
हिजो शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा आज महासचिव, उपमहासचिव र सचिवहरूले आ–आफ्ना धारणा राख्नेछन् । हिजोको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टीको आगामी कार्यदिशा र चुनावी समीक्षा लगायतका विषयमा धारणा राखेका थिए । सबैले धारणा राखेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने बुझिएको छ ।
बैठकमा पार्टीको आगामी कार्यदिशा, चुनावी समीक्षा, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।