आईतवार, १० जेष्ठ, २०८३

एमाले सचिवालय बैठक गुण्डुमा सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

एमाले सचिवालय बैठक गुण्डुमा सुरु

२०८३ जेष्ठ १०, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक आज पनि जारी छ । 

आजको जारी बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो भनाई राख्‍ने बताइएको छ ।

नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरूको सहभागिता रहेको छ । 

advertisement_1676551694.gif