शनिबार, ९ जेष्ठ, २०८३

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २९ बैशाख, २०८३

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

२०८३ बैशाख २९, काठमाडौं । नेकपा (एमाले) संसदीय दलको रिक्त पदमा मनोनयन भएसँगै दलको संरचनाले पूर्णता पाएको छ ।

दलका नेता रामबहादुर थापा ‘बादल’ले रिक्त रहेको उपनेता पदमा पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य बनेकी अर्याललाई संसदीय दलको महत्वपूर्ण जिम्मेवारी सुम्पिएसँगै एमालेको संसदीय नेतृत्वले पूर्ण स्वरूप ग्रहण गरेको छ ।

प्रमुख सचेतक ऐन महरका अनुसार अर्यालको मनोनयनसँगै अब दलको नेतृत्व तहमा नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर र सचेतकमा नीता घतानी रहेका छन् ।

यसअघि नै प्रमुख सचेतक र सचेतकको टुङ्गो लागिसकेको भए पनि उपनेता चयन हुन बाँकी रहेको थियो । जिम्मेवारी बाँडफाँडको यो प्रक्रिया सकिएसँगै संघीय संसद्मा पार्टीको उपस्थिति र भूमिकालाई अझ प्रभावकारी तथा संगठित रूपमा अगाडि बढाउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

advertisement_1676551537.gif