शनिबार, ९ जेष्ठ, २०८३

एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ चैत्र, २०८२

एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

२०८२ चैत्र १५, काठमाडौं । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले आज देशैभरी रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोही अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्दे ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो ।

राजनीतिक प्रतिशोध साँधेर ओलीलाई पक्राउ गरिएको भन्दै एमाले निकट संगठनहरुले हिजोदेखि नै आन्दोलन गरिरहेका छन् । नेकपा एमालेसँग आबद्ध विभिन्न जनवर्गीय संगठनहरूलेआज पनि उनीहरुको प्रदर्शन जारी राखेका छन् । 

आज विरोध पत्र बुझाउने क्रममा पनि एमाले कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयअघि प्रदर्शन गरेका थिए । 

advertisement_1680627706.gif