शनिबार, ९ जेष्ठ, २०८३

ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ७७ हजार राजस्व संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३१ बैशाख, २०८३

ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ७७ हजार राजस्व संकलन

२०८३ बैशाख ३१, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ ।

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २५८, संकेत बत्ती उल्लंघनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो । 

 यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।

advertisement_1676551646.gif