सोमबार, ११ जेष्ठ, २०८३

सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढ्यो

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढ्यो

२०८३ जेष्ठ ११, काठमाडौं । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै सोमबार चाँदीको मूल्यमा पनि वृद्धि दर्ता भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४० रुपैयाँले बढेर प्रति ८ तोला (अथवा प्रतितोला) ५ हजार १५० रुपैयाँ पुगेको छ । आइतबार बजारमा चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दा र सुरक्षित लगानीका रूपमा बहुमूल्य धातुको माग बढ्दा घरेलु बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन् ।

advertisement_1676998982.gif