सोमबार, १ असार, २०८३

विश्वकप फुटबल: ट्युनिसिया ५-१ गोल अन्तरले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

विश्वकप फुटबल:  ट्युनिसिया ५-१ गोल अन्तरले पराजित

२०८३ असार ०१, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक खेलमा युरोपेली राष्ट्र स्विडेनले अफ्रिकी प्रतिद्वन्द्वी ट्युनिसियामाथि ५-१ को अन्‍तरले जित निकालेको छ ।

खेलको सुरुदेखि नै बलियो पकड बनाएको स्विडेनका लागि युवा मिडफिल्डर यासिन अयारीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे ।

त्यस्तै, टोलीका भरपर्दा स्ट्राइकर अलेक्जान्डर इसाक, तीव्र गतिका फर्वाड भिक्टर ग्योकेरेस र प्रतिभावान मिडफिल्डर माटियास स्वानबर्गले समान एक-एक गोल थप्दै ट्युनिसियाको रक्षापंक्तिलाई ध्वस्त पारेका थिए ।

विश्वकपको यस महत्त्वपूर्ण खेलमा स्विडेनले आफ्नो बलियो आक्रमण रणनीति र चुस्त पासिङको प्रदर्शन गर्‍यो । प्रिमियर लिग र युरोपेली क्लब फुटबलमा तहल्का मच्चाइरहेका अलेक्जान्डर इसाक र भिक्टर ग्योकेरेस जस्ता खेलाडीहरूको सन्तुलित तालमेलका अगाडि ट्युनिसियाका डिफेन्डरहरू निरीह देखिएका थिए ।

ट्युनिसियाले खेलमा फर्कने केही प्रयास गरे पनि स्विडेनको बलियो रक्षापंक्ति र मिडफिल्डका कारण उसले एक सान्त्वना गोल मात्र फर्काउन सक्यो ।

 यो सानदार जितसँगै स्विडेनले प्रतियोगिताको अर्को चरणका लागि आफ्नो सम्भावनालाई निकै बलियो बनाएको छ भने ट्युनिसियालाई भने आगामी खेलहरूमा दबाब बढेको छ ।

advertisement_1676998982.gif