शुक्रबार, ६ मंसिर, २०८२

नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गर्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ फाल्गुन, २०७९

नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गर्यो।

काठमाडौँ।क्रिकेटको विश्वकप लिगआईसीसी क्रिकेट लिग टु मा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ। कीर्तिपुरमा सोमबार भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७।४ ओभर मै पूरा गर्दै नेपालले जितेको हो ।खेलको ओपनिङमा गएका आशिफ शेखले अर्ध सतकले  नेपालले पपुवा न्युगिनीलाई जित्न सहज बनेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका थिए । त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए ।यस खेलमा प्लेयर अफ द म्याच सन्दीप लामिछाने चुनिएका छन् । लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिएका थिए ।आइतबार भएको यूएईसँगको खेलमा  पनि नेपालले १७७ रनको फराकिलो अन्तरले जित निकालेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ ।

advertisement_1680627706.gif