आईतवार, १० जेष्ठ, २०८३

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ मंसिर, २०८०

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित।

काठमाडौँ। नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। दुबईको आइसीसी एकेडेमीमा शुक्रबार भएको   यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको हो।

नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानका लागि अजान आविसले  ५६ रन बनाएका थिए भने कप्तान साद बाग ५० रन बनाएर पेभेलियन फर्किएका थिए।त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ‌ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनाएको थियो।

नेपालका लागि उत्तम मगरले ७६ बलमा ३ चौका र एक छक्कासहित  सर्वाधिक ५१ रन बनाए। त्यस्तै दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाएका थिए भने अन्य खेलाडीले खासै रन गर्न सकेनन ।

त्यस्तै  पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ६ विकेट लिए। ९.२ ओभर बलिङ गरेका उनले १९ रनमात्र खर्चेका थिए।

advertisement_1676551537.gif