शुक्रबार, ६ मंसिर, २०८२

मुगुमा हिमपहिरो ३ जनाको घटनास्थलमै मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ बैशाख, २०८०

मुगुमा हिमपहिरो ३ जनाको घटनास्थलमै मृत्यु

मुगु। मुगुको पाटनमा यार्सा टिप्न गएका ३ जनाको घटनास्थलमै मृत्युर भएको छ। मुगुमा यार्सा टिप्न गएका बेला हिमपहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।

पातारासी-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 

पातारासीका यार्सा टिप्न गएमा १५ जनामध्ये तीन जनाको मृत्यु हुनुको साथै अन्य सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

हिमपहिरोमा पुरिएको जानकारी आएपछि खोजीका लागि आज इलाका प्रहरी कार्यालय मुगुबाट टोली खटिएको तर  टोली पुग्न नै तीन दिन लाग्ने र हिमपात पनि भैरहेकाले उद्वारको लागि समस्या भएको जिल्लार प्रहरी कार्यालयका प्रहरी निरीक्षकको भनाई छ। 

स्थानीय बासिन्दाले तत्काल खोजी तथा उद्धारका लागि आग्रह गरेका छन् ।
 

advertisement_1676553851.gif