शुक्रबार, ६ मंसिर, २०८२

पाल्पाको सत्‍यवतिमा जिप दुर्घटना तीन जनाकाे मृत्यु, १२ घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ जेष्ठ, २०८०

पाल्पाको सत्‍यवतिमा जिप दुर्घटना  तीन जनाकाे मृत्यु, १२ घाइते

पाल्पा। पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार बेलुकी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीकाे पडेनातर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप साढे ५ बजेतिर दुर्घटनामा परेको हाे ।

घटनामा परी १२ जना घाइते भएका छन् भने दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्लाक प्रहरी कार्यालय पाल्पालले जनाएको छ। दुर्घटनामा घाइते र मृतकको पहिचान हुन सकेको छैन । घाइतेहरूलाई उपचारको लागि बुटवलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुलेको छैन ।

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सवारी सडकदेखि करीब ४० मिटर तल खसेको छ ।

advertisement_1676553851.gif