शुक्रबार, ६ मंसिर, २०८२

नेकपा (एकीकृत समाजवादी)पाल्पाका जिल्ला अध्यक्ष पाण्डेयको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ असार, २०८०

नेकपा (एकीकृत समाजवादी)पाल्पाका जिल्ला अध्यक्ष पाण्डेयको निधन

पाल्‍पा। नेकपा (एकीकृत समाजवादी)पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयको निधन भएको छ । शुक्रबार बेलुकी पाल्‍पाको बगनासकाली गाउँपालिका-१, स्थित आफ्नै घरमा हृदयघात भएर उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजाने क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वच्छ छवी र नरम स्वभावका पाण्डेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको समाजवादीका नेताहरूले बताएका छन् । मृतक पाण्डेका २ छोरा र श्रीमती छन् ।

५२ वर्षिय पाण्डेको २६ वर्षिय माहिलो छोराको पनि गत वर्ष हृदयघाट बाटै मृत्‍यु भएको थियो ।

advertisement_1680627706.gif