शुक्रबार, ६ मंसिर, २०८२

अवधी पत्रकार संघ नेपालद्वारा प्रतिनिधि सभा सदस्यलाइ सम्मान ।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ आश्विन, २०८०

अवधी पत्रकार संघ नेपालद्वारा  प्रतिनिधि सभा सदस्यलाइ  सम्मान ।

नेपालगन्ज । (बाँके) पवन जायसवाल । बाँकेको नेपालगन्जमा अवधी पत्रकार संघ नेपालद्वारा आयोजित तीज कार्यक्रममा  प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरिएको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद लक्ष्मी तिवारीलाई सम्मान गरेको हो । 

संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले अवधी भाषा, कला संस्कृतिलाई पत्रकारिताको माध्यमले संरक्षण सम्बद्र्धनमा जोड दिने उद्देश्यले स्थापना भएको यस संघले त्यस अनुरुप ने कार्य गरेको बताउनुभयो ।उहाँले अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धि र महिला पत्रकारको सहभागिता बढाउनका लागि पहल गर्ने भन्दै सञ्चार माध्यमहरुले अवधी कन्टेन्टलाई पनि प्राथमिकतामा राख्नु माग गर्नुभयो । संघका केन्द्रीय सचिव समेत रहनुभएकी सांसद लक्ष्मी तिवारीले बाँके जिल्लामा रहेर विगत लामो समयदेखि अवधी भाषा, कला, संस्कृति, अभियन्ताको रुपमा विशेष योगदान पुरयाउदैं आउनु भएको र प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा अवधी भाषी महिलाको हैसियतले पुगेको भन्दै विशेष सम्मान गरिएको हो । 

अवधी पत्रकार संघ नेपाल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले संघिय सांसद तिवारीलाई दोसल्ला ओढाएर सम्मान– पत्र सहित सम्मान गर्नु गरिएको थियो ।सम्मान ग्रहण गर्दै संघिय सांसद लक्ष्मी तिवारीले मेरो जन्म र कर्म अवध क्षेत्रमा भएकोले मेरो पहिलो मातृ भाषा नै अवधी भएको भन्दै अवधी भाषा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नमा मेरो पहिलो जिम्मेवारी भएको बताउनुभयो । उहाँले अवधी समुदायमा विभिन्न समस्याहरु रहेकाले उक्त समुदायका सवाललाई सञ्चार माध्यममा प्राथमिकताका साथ उठाउन आग्रह गर्दै ति सवाललाई नीतिगत रुपमा सम्बोधनका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद तिवारीले अवधी भाषी महिला पत्रकारहरुको न्यून सहभागिता रहेको भन्दै गाउँ समुदायबाट अवधी किशोरीलाई खोजी गरी पत्रकारिता पेशामा सहभागिता गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले समाजको नेतृत्व गर्नका लागि महिला सक्षम छन भन्ने कुरा देखाउन आग्रह गर्दै यो पर्वले महिलाको आत्मबललाई अझै बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सम्मान कार्यक्रममा संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्मा, बाँके जिल्ला शाखा अध्यक्ष प्रहलाद विश्वकर्मा, उपाध्यक्ष सुनिता वर्मा, पूर्व अध्यक्ष चन्देश्वरराज त्रिपाठी, सूचना अभियन्ता रविन्द्रकुमार ज्ञवाली, नेपाल प्रेस युनियन बाँके सचिव भिष्म लोध लगायतले विचार राख्नु भएको थियो । 

त्यस अवसरमा सहभागी अवधी भाषी महिला पत्रकारहरुबिच कजरी तीज पर्वको शुभकामना आदान– प्रदान कार्यक्रम गरिएको थियो ।महिला पत्रकारहरुले नाँचगान गरी रमाइलो समेत गरेका थिए । कार्यक्रममा सम्पुर्ण अवधी भाषी महिला पत्रकार, केन्द्रीय र जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

advertisement_1676998982.gif