शुक्रबार, २३ आश्विन, २०८३

पोखरामा स्कुल बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

पोखरामा स्कुल बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु

२०८३ असोज २३ पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिका नजिकै ओख्लेको भिरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको स्थानीय जनप्रतिनिधि सुदीप ढुङ्गानाले जानकारी दिए ।

कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएर २०० मिटर तल पुगेको थियो । दुर्घटनामा घाइते भएका अन्य १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

advertisement_1676553908.gif