शुक्रबार, ६ मंसिर, २०८२

मुख्यमन्त्री नियुक्तिको दुइ हप्ता पछि गण्डकी प्रदेशमा मन्त्रिपरिषद बिस्तार

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ बैशाख, २०८०

मुख्यमन्त्री नियुक्तिको  दुइ हप्ता पछि  गण्डकी प्रदेशमा  मन्त्रिपरिषद  बिस्तार

पोखरा। गण्डकी प्रदेश मन्त्रिपरिषदको आज बिस्तार गरिएको छ। नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ। आज ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ।

कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते नेपालि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् कसले कुन मन्त्रालय पाउने अहिले केहि बताइएको छैन, सपथसँगै सार्वजनिक गर्ने बताइएको छ ।  

 

advertisement_1676553851.gif