आईतवार, २५ आश्विन, २०८३

बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, ५९ मिनेट पहिले

बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार

२०८३ असोज २५ काठमाडौँ । गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा खोजी कार्यका लागि पुगेको छ ।

आइतबार बिहान करिब ४:३० बजे चुमनुब्री गाउँपालिका-३ स्थित फिलिममा पहिरोले थुनिएको बूढीगण्डकी नदी फुटेपछि लेदो र गेग्रानसहितको भीषण बाढी तटीय क्षेत्रमा पसेको थियो । बाढीले क्षति पुर्‍याएको खबर प्राप्त हुनासाथ सेनाको उद्धार टोली हवाई तथा स्थलमार्गबाट प्रभावित स्थलतर्फ परिचालन भएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टोलीले क्षेत्रको वस्तुस्थिति अवलोकन (रेकी) गर्नुका साथै पहिरोको उच्च जोखिममा परेको चुमनुब्रीको जगत् गाउँबाट ६ जना स्थानीयवासीको हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरेको छ ।

काठमाडौँबाट सेनाको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्ग भई प्रभावित क्षेत्रमा तैनाथ भइसकेको छ । सेनाको टोलीले नदी तटीय तथा आसपासका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन निरन्तर माइकिङ एवं आग्रह गरिरहेको छ ।

advertisement_1680627706.gif