शुक्रबार, ६ मंसिर, २०८२

यी हुन् सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना (नामावली)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ श्रावण, २०८२

यी हुन् सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना (नामावली)

१२ साउन २०८२, सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ । बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् ।

बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए ।

छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् ।

बेपत्ता हुनेहरूमा ५२ वर्षीय उर्मिला हायु(आमा), २७ वर्षीय कमला हायु(छोरी), २३ वर्षीय कोमल माया हायु(बुहारी), २२ वर्षीय उषा हायु(छोरी),१९ वर्षीय सुजता हायु(छोरी), १८ वर्षीय अस्मिता हायु(छोरी), १२ वर्षीय सान्ता हायु(छोरी), २९ वर्षीय राजु हायु(छोरा), २४ वर्षीय हिमाल हायु(छोरा), १६ वर्षीय लाल बहादुर हायु(छोरा), १४ वर्षीय बेग बहादुर हायु(छोरा) रहेका छन् ।

त्‍यस्‍तै ११ वर्षीय लक्की हायु (छोरा), १२ वर्षीय सुवर्ण हायु (छोरा), १० वर्षीय ओम कुमारी हायु (छोरी), १ वर्षीय अर्जुन हायु (नाती), ४ वर्षीय  रियासा हायु (नातिनी) रहेको बताइएको छ ।

advertisement_1680627680.gif