शुक्रबार, ६ मंसिर, २०८२

हिक्मत कार्कीले पाएनन् बिश्वासको मत। कोशीमा पनि ढल्यो एमाले सरकार।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ असार, २०८०

हिक्मत कार्कीले  पाएनन् बिश्वासको मत। कोशीमा पनि ढल्यो एमाले सरकार।

बिराटनगर।  कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री हिक्मतले  राखेको प्रस्ताव फेल भएको छ । बिश्वासको मत नपाए पछि कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ ।कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै मुख्यमन्त्री  कार्की बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।

कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

advertisement_1676553851.gif