शुक्रबार, ६ मंसिर, २०८२

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ भाद्र, २०८२

विद्यालय शिक्षा विधेयक संसदीय  समितिबाट पारित

२०८२ भदौ ०५, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै उक्त विधेयक पारित गरेको हो ।

विधेयकका केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदले फरक मत दर्ज गराएका छन् । विधेयकमाथि सांसदहरु देवेन्द्र पौडेल, रेखा शर्मा, महिन्द्र राय यादव, ज्ञानु बस्नेत, सुमना श्रेष्ठ र विना जैसवालले बालविकास र छात्रवृत्तिका बारेमा फरक मत राखेको बताइएको छ  । विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ ।

जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ भने विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन संसदको आगामी बैठकमा प्रस्तुत गरिने बताइएको छ ।

advertisement_1676998982.gif