शुक्रबार, ६ मंसिर, २०८२

टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिदै।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ जेष्ठ, २०८०

टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिदै।

काठमाडौँ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ। पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए।

आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताइएको छ । राएमाझिलाइ  पक्राउ पुर्जी जारी भएको ११औं दिनमा प्रहरीको नियन्त्रणमा परेका हुन्। रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ। जिल्ला अदालत काठमाडौंले रायमाझी पक्राउ गर्न गत वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो।

उनी त्यसै रात ९ बजे भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए। तर, अन्तिम समयमा आएर उनले टिकट रद्द गरी त्यतैबाट फरार भएका थिए । पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर आफैं उपस्थित हुने भन्दै पक्राउ नगर्न अनुरोध गरेका थिए।  

पक्राउ पुर्जी जारि भएको केहि दिन पछि अनुसन्धानमा सघाउनका लागि भन्दै एमालेले  उनलाई निलम्बन गरेको थियो।

advertisement_1676553851.gif