शनिबार, ९ जेष्ठ, २०८३

शेखर गोल्छालाई हिरासतमा म्याद थप गर्न अदालतद्वारा अस्वीकार

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३

शेखर गोल्छालाई हिरासतमा म्याद थप गर्न अदालतद्वारा अस्वीकार

२०८३ बैशाख २२, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई थुनामा राख्न म्याद थपका निम्ति जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ ।

सोमबार सर्वोच्च अदालतले गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएकोमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पुनः पक्राउ गरी मंगलबार अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

तर न्यायाधीश मोना सिंहको इजलासले गोल्छाविरुद्ध म्याद थप नगरी हाजिर जमानीमा छाड्न आदेश दिएको हो । अदालतबाट थुना म्याद अस्वीकार भएपछि गोल्छा मंगलबार हाजिर जमानीमा रिहा भएका छन् ।

सर्वोच्चले गोल्छाको पक्राउमा कानुनी प्रक्रियामा त्रुटि देखाउँदै थुनामुक्त गरेर धरौटी जमानतमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सीआईबीले गोल्छालाई पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

धरौटीमा रिहा भएलगत्तै बिमासम्बन्धी कसुरमाथि अनुसन्धानका लागि भन्दै सोमबार उनी पुनः पक्राउ परेका थिए ।

advertisement_1676553851.gif