राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असोज २३ काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन् ।
गृह मन्त्रालयले आचरण र अनुशासनसम्बन्धी व्यवस्था बारम्बार उल्लंघन गरेको ठहर गर्दै दाहाललाई सेवाबाट बर्खास्त गरेको हो ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठामा आँच पुर्याउने कार्य गरेको ठहर गरिएको छ ।
सोही आधारमा उनीमाथि विभागीय कारबाही गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई बर्खास्त गर्ने निर्णयबारे जानकारी गराइएको छ ।
