आईतवार, १० जेष्ठ, २०८३

सरकारले गर्यो एकैसाथ २९ जना सहसचिवको सरुवा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ माघ, २०८०

सरकारले गर्यो एकैसाथ  २९ जना सहसचिवको सरुवा

काठमाडौं,५ माघ । सरकारले एकैसाथ २९ जना सहसचिवको सरुवा गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरुवा गरिएको सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा स्ररूवा गरेको छ।

त्‍यस्‍तै वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा सरूवा गरेको छ । 

advertisement_1680627706.gif