शुक्रबार, ६ मंसिर, २०८२

सरकारको नीति तथा कार्यक्रम सर्मथन अयोग्य, संसदमा नीति तथा कार्यक्रम पारित हुन नदिने; ओली

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ जेष्ठ, २०८०

सरकारको नीति तथा कार्यक्रम सर्मथन अयोग्य, संसदमा नीति तथा कार्यक्रम पारित हुन नदिने; ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्मथन योग्य नरहेको बताएका छन् ।

शनिबार संसदीय दलको बैठकमा उनले सरकारले हिजो संसदमा पेश गरेको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न नसकेको तथा गन्तव्यहिन भन्दै स्वीस्कारयोग्य नभएको बताएका हुन।

नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने समेत जनाएकाे छ।

शनिवार सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलकाे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने समेत बताउनुभएको हो । 

आफ्नो सरकार हुँदा ल्याएको कार्यक्रमलाई निरन्तरता दिएका जति राम्रो र अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रम औचित्‍यपूर्ण नभएको र यसले कुनै मार्गदर्शन गर्दैन् र यो स्वीकार योग्य पनि नभएको अध्‍यक्ष ओलीले बताए।

सरकारको नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको देशको हित र विकास को लागि नआएको ओलीको दाबी छ ।

advertisement_1676998982.gif