शनिबार, ९ जेष्ठ, २०८३

सुरक्षा अवस्था समीक्षा गर्न गृहमन्त्रालयमा उच्चस्तरीय छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

सुरक्षा अवस्था समीक्षा गर्न गृहमन्त्रालयमा उच्चस्तरीय छलफल

२०८२ चैत्र १४, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमसँगै उत्पन्न सुरक्षा अवस्थाबारे समीक्षा गर्न गृहमन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग साँझ मन्त्रालयमा बैठक बोलाएका हुन् ।

छलफलमा नेपाल प्रहरी का महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल का महानिरीक्षक राजु अर्याल लगायतका उच्च अधिकारी सहभागी थिए। बैठकमा दिनभर देशभर विकसित घटनाक्रम र समग्र सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिइएको स्रोतले जनाएको छ।

सरकारले हिजो मात्रै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा आज बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको थियो ।

advertisement_1676551694.gif