शुक्रबार, ६ मंसिर, २०८२

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० जेष्ठ, २०८०

रवि लामिछानेविरुद्ध सर्वोच्चमा  रिट।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ। उनलाई अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको आरोप छ ।

सर्वोच्च अदालतमा युवराज पौडेल ‘सफल’ले लामिछाने विरुद्ध रिट दायर गरेका हुन्।उनले यस अघि पनि लामिछानेविरुद्ध मुद्दा दायर गरेका थिए। नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको रिट निवेदनमा उल्लेख छ।

मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ। रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको रिट दाबी गरिएको छ। 

रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विद्यमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णयलगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ।’ 

advertisement_1676553851.gif