शनिबार, ९ जेष्ठ, २०८३

राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३

राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

२०८३ बैशाख २२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले सोमबार पुन अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएको उनको सचिवालयले जानकारी दिएको छ । 

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।

सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: सिफारिस गरेको थियो । राष्ट्रपतिले आज भने सो अध्यादेश जारी गरेका छन् ।

अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

सरकारले सिफारिस गरेका अन्य ७ अध्यादेश यसअघि नै जारी भएका थिए । 

advertisement_1676553851.gif