शुक्रबार, ६ मंसिर, २०८२

रास्वपा सरकारमा जाने वा नजाने शुक्रबार मात्र निर्णय हुने।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ बैशाख, २०८०

रास्वपा सरकारमा जाने वा नजाने शुक्रबार मात्र निर्णय हुने।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न बाँकी रहेको र शुक्रबार मात्रै निर्णय हुने बताएको छ।प्राप्त जानकारी अनुसार सोमबार बिहान बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल भएपनि शुक्रबार बस्ने बैठकमा अन्तिम निर्णय हुने बताइएको छ ।यस अघि आज निर्णय गर्ने बताइएको भए पनि आज त्यस बिषयमा निर्णय हुन सकेन। 

केन्द्रीय कमिटीको बैठकमा पार्टीका सदस्यहरुले सरकारमा जाने र प्रतिपक्षमा बस्ने बिषयमा आ आफ्ना धारणा हरु राखेका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने कि प्रतिपक्षमा बस्ने भन्ने हेर्न बाँकी छ । शुक्रबारको बैठक निस्सन्देह निर्णायक हुनेछ र पार्टीको निर्णयले सो पार्टी को यात्रा तय हुनेछ। 

advertisement_1676553908.gif