शुक्रबार, ६ मंसिर, २०८२

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ बैशाख, २०८०

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस।

काठमाडौँ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनलाई सिफारिस गरेको हो ।

हाल कामु प्रधानन्यायाधीशको रुपमा रहेका कार्की लाइ नै प्रधानन्याधिश को रुपमा सिफारिस गरेको हो । अब कार्कीको संसदीय सुनुवाई पछि रास्ट्रपतिले नियुक्ति गर्नेछन। 

पुर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावपछि दीपकुमार कार्की कामु प्रधानन्यायाधीशको रुपमा नियुक्त भएका थिए। उमेर हदका कारण कामु अवस्थामा नै उनी बिदा भएपछी हरिकृष्ण कार्की कामु मा नियुक्त भए। यिनलाइपनि राजनीतिक सहमति नजुट्दा ढिलो गरि  प्रधानन्यायाधीश को रुपमा सिफारिस गरिएको हो।

 

advertisement_1676551537.gif