शनिबार, ९ जेष्ठ, २०८३

ओली र रमेश लेखकलाई गलत तरीकाले पक्राउ गरियो: कांग्रेस

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

ओली र रमेश लेखकलाई गलत तरीकाले पक्राउ  गरियो: कांग्रेस

२०८२ चैत्र १४,काठमाडौँ ।नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय गलत र पूर्वाग्रहपूर्ण भएको ठहर गरेको छ। पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसेले सरकारको व्यवहार 'चयनात्मक' भएको र यसले न्याय प्रक्रियालाई नै प्रभावित पार्ने बताउनुभयो।

कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको दाबी गर्दै भदौ २३ र २४ गतेका घटनामा सरकारले निष्पक्ष छानबिन नगरेको आरोप लगाएको छ।

पक्राउ गर्ने प्रक्रियामा कानूनी मापदण्ड पालना नभएको र सरकार उत्तेजनामा आएर निर्णय गरेको कांग्रेसको निष्कर्ष छ। भदौ २३ को घटनासँगै २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूमाथि पनि कानूनी प्रक्रियाअनुसार कारबाही हुनुपर्ने पार्टीको माग छ।

सरकार संयमित नहुँदा देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने भन्दै कांग्रेसले सचेत गराएको छ।यद्यपि, कांग्रेसले हाललाई नेकपा एमालेजस्तो सडक आन्दोलनमा जाने कुनै औपचारिक कार्यक्रम भने तय नगरेको स्पष्ट पारेको छ।

advertisement_1676553851.gif