शुक्रबार, ६ मंसिर, २०८२

नयाँ मतदातालाई निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ कार्तिक, २०८२

नयाँ मतदातालाई  निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको आग्रह

२०८२ कार्तिक २१ ,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जी  युवाहरू लगायत सबै नेपालीहरूलाई मतदानमा सक्रिय रूपमा भाग लिन र आफ्नो मतदाता परिचयपत्र प्राप्त गर्न आग्रह गरेकी छिन् । आफ्नो सन्देशमा, उनले लोकतान्त्रिक समाज दुई प्रमुख उपकरणहरूमा निर्भर हुने कुरामा जोड दिइन । नागरिकको विवेक - जसले सही र गलतलाई मार्गदर्शन गर्छ ।

उनले मतदाता परिचय पत्रको सहि सदुपयोग गर्न ,सही प्रतिनिधि छनौट गर्न वा आफैं  बन्न प्रोत्साहित गरिन्, र सबै योग्य नागरिकहरूलाई मतदाताको रूपमा दर्ता गर्न आवहान गरेकी छन् राष्ट्रिय समस्याहरूलाई सम्बोधन गर्न र देशको विकासमा योगदान पुर्‍याउन आफ्नो मतदान अधिकार प्रयोग गर्न आह्वान गरेकी छन् ।

मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं ।’ प्रधानमन्त्री कार्कीको सन्देशमा भनिएको छ ।

advertisement_1676551646.gif