शुक्रबार, ६ मंसिर, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न कसुरमा मुद्दा दायर।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० जेष्ठ, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न कसुरमा  मुद्दा दायर।

काठमाडौँ।नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ३० जना जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरमा सजाय गर्न माग गरिएको छ ।साथै उनीहरुविरुद्ध करिब  २८ करोड बराबरको बिगो माग गरिएको छ। 

शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ भने  १७ जना अहिले सम्म पक्राउ परेका छैनन् ,ती अहिले सम्म फरार छन्। पक्राउ परेका र फरार सबै बिरुद्ध  मुद्दा दायर भएको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न कसुरमा  मुद्दा दायर।

advertisement_1676998982.gif