शनिबार, २४ आश्विन, २०८३

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, ५९ मिनेट पहिले

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

२०८३ असोज २४ काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । महाधिवेशन मिडिया सेन्टरका सदस्य महेश गौतमकाअनुसार अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गरी शानदार जित हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गरे। निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिहरू रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका थिए, जसमध्ये ५४ मत बदर भएको थियो।

नेपाली कांग्रेसको नेतृत्वमा थापाको यो विजयलाई ऐतिहासिक पुस्तान्तरण र रूपान्तरणका रूपमा हेरिएको छ। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै राजनीतिमा उदाएका थापा १४ औं महाधिवेशनमा भारी मतका साथ महामन्त्री निर्वाचित भएका थिए।

महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा राति अबेरसम्म चलेर भर्खरै सकिएको हो ।

advertisement_1680627706.gif