राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ बैशाख, २०८३
२०८३ बैशाख २८, काठमाडौं । सरकारले मध्यम वर्गीय परिवारमाथिको आर्थिक बोझ घटाउने नीति लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमममा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने जनाएको हो ।
‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइने छ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
साथै सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी व्यवस्था अपनाउने जनाएको छ ।