शनिबार, ९ जेष्ठ, २०८३

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

२०८३ जेष्ठ ०९ ,काठमाडौं । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ ।

शुक्रबारदेखि सुरू भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए ।

बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।

advertisement_1676553851.gif