राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२
२०८२ चैत्र १४, काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ ।
भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीको सुरक्षाका लागि भन्दै उनलाई सेनाको ब्यारेकमा राख्ने तयारी थालिएको हो ।
आयोगको सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्थिति तनावग्रस्त बनेको छ। नेकपा एमालेले ओली-लेखक गिरफ्तारको विरोधमा आज दिनभर काठमाडौंलगायत देशका अधिकांश स्थानमा प्रदर्शन गरेको छ ।
यसैबीच कार्कीको भक्तपुरस्थित निवासमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ ।