आईतवार, १० जेष्ठ, २०८३

एमालेले राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ९ बैशाख, २०८१

एमालेले राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ। पार्टीको हिरक जयन्तीमा राष्ट्रिय गौरव पदकबाट भण्डारीलाई सम्मान गर्ने भएको हो । 

ललितपुरको गोदावरीमा जारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यो प्रस्तावलाई सहभागि प्रतिनिधिहरुले सहमति जनाएका एमालेले जनाएको छ ।

प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए।

नेकपा एमालेले सोमवार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ।

advertisement_1676551646.gif