शनिबार, ९ जेष्ठ, २०८३

भदौ २४ गते भएको घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

भदौ २४ गते भएको घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने

२०८२ चैत्र १४, काठमाडौं । सरकारले गत भदौ २४ गतेको घटनाको छानबिनका लागि एक साताभित्र उच्चस्तरीय समिति बनाउने भएको छ । शनिबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा एक साताभित्र समिति गठन गर्ने उल्लेख गरिएको छ ।

समितिलाई घटनाको तथ्य संकलन, विश्लेषण र जिम्मेवार पक्ष पहिचान गरी निर्धारित समयभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइनेछ ।

यसका साथै विभिन्न आयोगका प्रतिवेदनहरू केवल अभिलेखमा सीमित रहने र कार्यान्वयन कमजोर हुने समस्या समाधान गर्न ३० दिन भित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक र अभियोजन प्रक्रिया शुरु गर्नेसमेत जनाएको छ । 

साथै, समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही अघि बढाइने सरकारको तयारी छ ।

‘सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने,’ शासकीय सुधारको ७ नम्बर बुँदामा भनिएको छ ।

advertisement_1676553908.gif