शनिबार, ९ जेष्ठ, २०८३

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ बैशाख, २०८३

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

२०८३ बैशाख २१, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले सोमबार छापा मारेको हो ।

विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको  विभागले जनाएको छ । स्रोतका अनुसार केही महत्त्वपूर्ण कागजात विभागको टोलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित निकायले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ ।

अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको जनाइएको छ । यसका लागि आवश्यक कानुनी परामर्श समेत भइरहेको स्रोतको भनाइ छ ।

advertisement_1676553908.gif