बुधबार, २७ जेष्ठ, २०८३

अफवाह फैलाएर आफ्नो बदनाम गर्न खोजियो: अर्थमन्त्री डा. वाग्ले

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

अफवाह फैलाएर आफ्नो बदनाम गर्न खोजियो: अर्थमन्त्री डा. वाग्ले

२०८३ जेष्ठ २७, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू र देशको बजेटका विरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भइरहेको गुनासो गरेका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बजेटका विषयमा आयोजित छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभामा लगातार अवरोध सिर्जना गरिरहेका बेला अर्थमन्त्री वाग्लेले संसदीय समिति मार्फत आफ्ना कुराहरू सार्वजनिक गरेका हुन् ।

बजेटमाथि खुला र गहन छलफल हुनुपर्ने संसद्‌लाई बन्धक बनाएर बाहिर भने आफू विरुद्ध चौतर्फी र योजनाबद्ध रूपमा गलत प्रचार गरिएको उनको भनाइ थियो ।

उनले संसद् अवरुद्ध भएका कारण आफूले जनताका प्रतिनिधिहरू माझ सत्यतथ्य राख्ने मौका नपाएकाले नै स्पष्टीकरण दिन र जवाफ बोकेर संसदीय समितिमा उपस्थित भएको प्रष्ट पारे ।

advertisement_1676553908.gif